Logo

सिटिजन्स बैंकले गर्यो सम्पूर्ण कर्मचारीको कोरोना बीमा, कोरोना पोजेटिभ भेटिए बीमा रकम पाईने

सिटिजन्स बैंकले गर्यो सम्पूर्ण कर्मचारीको कोरोना बीमा, कोरोना पोजेटिभ भेटिए बीमा रकम पाईने



काठमाडौं । सिटिजन्स बैंकले आफ्नो सम्पूर्ण कर्मचारीको कोभिड —१९ बीमा गराएको छ । बैंकले कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड —१९ बीमा गराएको हो । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्डलगायतका कर्मचारी गरि करिव १५ सय जनाको कोभिड —१९ बीमा नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा गरिएको बैंकले जानकारी दिएको छ ।

laxmi

बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउने छ । सामाजिक दुरीको अवाधराणालाई चैत महिनाबाटै प्रयोगमा ल्याएको बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाईजर तथा पन्जालगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत प्रत्येक प्रदेश सरकार अन्तरगतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ गरि हालसम्म कुल ५५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले नविनतम प्रविधिको प्रयोग गर्दै लकडाउनको अवधिमासमेत ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिटान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आईरहेको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटिएम कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL