Logo

एनआईसी एशिया बैंकको अफर, ऋणीहरुले जेठ महिनामासमेत पाउने भए १० प्रतिशत छुट

एनआईसी एशिया बैंकको अफर, ऋणीहरुले जेठ महिनामासमेत पाउने भए १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकले १० प्रतिशत छुट योजनाको समयसिमा बढाएको छ । बैशाख मसान्तसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्णकिस्ता-ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको बैंकले उक्त समयसिमा जेठ महिनाको लागिसमेत थप गरेको छ ।

नेपाल राष्ट्र बैंकले सहुलियत दिन गरिएको निर्देशनको कार्यान्वयन बैंकले यस अघि बैशाख महिनाको लागि उक्त २ प्रतिशत छुटका साथै चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्णकिस्ता-ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बैंकले आफ्ना ग्राहकहरुको सेवाका लागि जेठ महिनामा समेत उक्त छुटहरु दिने भएको छ । जस्ले गर्दा ग्राहकको वित्तीय भार कम हुने र कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने बैंकको विस्वास रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा नियमित ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकको खातामा जम्मा गरिसकेको छ ।

साथै वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेका ग्राहकको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिनेछ ।

उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरिएको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ ।

बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैत महिनाको आधार दर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा भने लागू हुने छैन । बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ । साथै, उक्त ब्याज छुट ऋणीहरुको उपभोग गर्न बाँकी कर्जा तथा लिमिट थप गरी ब्याज भुक्तानी गरिएको कर्जा सुविधाको हकमा भने नपाउने व्यवस्था गरिएको छ । बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL