Logo

सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन, प्रतिवेदन पठाउन छुट्टै इमेलको ब्यवस्था हुनु पर्ने

सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन, प्रतिवेदन पठाउन छुट्टै इमेलको ब्यवस्था हुनु पर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ । बैंकले आगामी जेठ १ गतेपश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने जानकारी दिएको छ । यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

इमेलमार्फत सरकारी कारोवारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको र सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको बैंकको भनाइ छ । सरकारी कारोवारसम्बन्धी प्रतिवेदन पेश गर्न छुट्टै इमेलको व्यवस्था गरी सोहीमार्फत पत्राचार गर्न केन्द्रीय बैंकले आग्रहसमेत गरेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL