Logo

राष्ट्र बैंक वित्तीय संघको परिषद भेलामा चर्काचर्की,नयाँ कार्य समिति माघमा

राष्ट्र बैंक वित्तीय संघको परिषद भेलामा चर्काचर्की,नयाँ कार्य समिति माघमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

काठमाडौं, साउन ३० । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकको परिषद भेलामा शनिवार चकाचर्की भएको छ । परिषद भेलाको बन्द सत्रमा नयाँ कार्य समितिको टुंगो लाग्नुपर्नेमा गुटबन्दी भएको भन्दै केन्द्रीय समितिका सदस्य, पार्षदहरूबीच निकैबेर भनाभन चलेको हो  ।

नयाँ केन्द्रीय समितिमा रेशमराज रेग्मीको नाम अध्यक्ष पदमा सर्वसम्मत भएतापनि दुई पक्षबीच महासचिव, उपाध्यक्ष, सचिव, कोषाध्यक्षका विषयमा मत नमिलेको युनियन स्रोतले बताएको छ ।
‘खुलेआम झुण्ड झुण्ड बनाएर भेटेको अर्थ के हो ?’ एक पार्षदले भने ‘हामी चाहन्छौं विधान संशोधन भएर विधिसम्मत नयाँ कार्य समिति सिफारिश गर्नुपर्छ ।’ स्रोतका अनुसार शुक्रवारको बन्द सत्रमा सहमति हुने कुनै छनक नदेखेपछि पदाधिकारी छान्न चुनाव नै हुने पक्कापक्की भएको छ । ‘यहाँ त पदका लागि बार्गेनिङ्ग र अविश्वासको पदसमेत ल्याउने समेत कुरा भयो , यस्तो सामन्ती संस्कार काँग्रेसको हुनैसक्दैन ।’ ती पार्षदले भने ।

शुक्रवार शुरु भएको उद्घाटन सत्रपछि शनिवार भएको बन्द सत्रको परिषद भेलाले नयाँ केन्द्रीय समितिमा कुनै टुंगो लगाउन नसकेपछि आगामी माघमा महाधिवेशनमार्फत् नयाँ समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रजातान्त्रिक आस्था राख्ने काँग्रेस समर्थित यूनियनका पदाधिकारीहरू दुई चिरामा विभाजित भएको गभर्नर चिरंजीबि नेपाल पनि चिन्तित भएको स्रोतले बताएको छ ।
गभर्नर नेपालले काँग्रेस समर्थित यूनियनलाई समग्र वित्तीय संस्थाको छाता संगठन बनाउनुपर्ने शुक्रवारको उद्घाटन कार्यक्रममा बताएका थिए ।

गभर्नरको उक्त भनाईपछि हौसिएका वित्तीय संस्था संघका केन्द्रीय समितिले नयाँ समिति छान्न संघकै पूर्व अध्यक्ष ऋषिराम आचार्य र संजय मिश्रलाई जिम्मेवारी सुम्पिएका थिए । शनिवार सम्पन्न भएको भेलासम्म आचार्य र मिश्रको टोलीले नयाँ कार्यसमितिको टीम टुंगो लगाउन नसकेकोले आगामी माघमा महाधिवेशन कुर्नुपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL