Logo

कामना सेवा विकास बैंकको खाता अनलाईनमार्फत खोल्न सकिने, यस्ता छन सुविधा

कामना सेवा विकास बैंकको खाता अनलाईनमार्फत खोल्न सकिने, यस्ता छन सुविधा



काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बैशाख १६ गते देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा संचालनमा आएसँगै ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैंकिङ कारोबार गर्न सक्नेछन ।

साथै बैंकले २०७७ सालको डिजिटल क्यालेन्डरसमेत सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरेका थिए ।

बैंकले १२३ शाखा तथा ६४ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, सिआश्वालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL