Logo

सनराइज बैंकको ‘सनराइज सरल एसएमई कर्जा’, २४ कार्य घण्टामै ग्राहकले कर्जा पाउने

सनराइज बैंकको ‘सनराइज सरल एसएमई कर्जा’, २४ कार्य घण्टामै ग्राहकले कर्जा पाउने



काठमाडौं । सनराइज बैंकले ‘सनराइज सरल एस.एम.ई कर्जा’ संचालनमा ल्याएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्श्यले बैंकले यो योजना संचालनमा ल्याएको जनाएको छ ।

यो योजना अन्तरगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

यस व्यवस्था अन्तरगत ग्राहकले रु. एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL