Logo

कञ्चन विकास बैंक एनएमबि बैंकमा गाभिने, सम्झौता पत्रमा हस्ताक्षर

कञ्चन विकास बैंक एनएमबि बैंकमा गाभिने, सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभिने भएको छ । आइतबार ती दुई बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सुदरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन विकास बैंक गाभिएसँगै एनमबी सुदुरपश्चिममा समेत बलियो बनेको छ ।

केही समयअघि मात्र एनएमबिले राष्ट्रि स्तरको विकास बैंक ओभ डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार शुभारम्भ गरेको थियो । एनएमबि बैंक लि। नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको बै।क हो ।

जसले लगातार दुईपटक बैंक अफ दि ईयरबाट सम्मानित समेत भैसकेको छ । ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको एनएमबी ‘क’ वर्गको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको ‘ख’ वर्गको बैंक हो ।

कञ्चन कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ बटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकलाई गाभिएपछि ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको एनएमबि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL