Logo

एआईआईबीको कानुनी सम्झौता सम्पन्न, ५० देशका प्रतिनिधिले गरे हस्ताक्षर

एआईआईबीको कानुनी सम्झौता सम्पन्न, ५० देशका प्रतिनिधिले गरे हस्ताक्षर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१४ असार, काठमाडौं । एसियाली देशको पूर्वाधार विकासको लक्ष्यसहित चीनको नेतृत्वमा स्थापना हुन लागेको लागेको एसियन इन्फ्रास्ट्रक्चर बैङ्कको कानुनी संरचनाका विषयमा ५० देशका प्रतिनिधिबीच सम्झौता भएको छ ।

चीनको गे्रट हल अफ पीपलमा आयोजित एक कार्यक्रममा अष्टे«लियाका प्रतिनिधिले सम्झौतामा पहिलो हस्ताक्षर गरेका हुन् । यस बर्षको अन्त्यसम्म अन्य सात ओटा देशले समेत हस्ताक्षर गर्ने बताइएको छ ।

६० बुँदे उक्त सम्झौतामा बैङ्कको संरचना तथा नीति नियम निर्माणको विषय समेटिएका छन् । प्रतिनिधिले सम्झौतालाई कानुनी रूप दिन सम्बन्धित देशमा लगेर स्विकृत गराउनुपर्नेछ ।

नेपालबाट अर्थमन्त्री डा. रामशरण महत सो सम्झौतामा भाग लिएका छन्  ।

 
बैङ्कको अधिकृत पुँजी १ सय अर्ब डलरको हुनेछ । कुल पुँजीको ७५ प्रतिशत एसियाली देशबाट उठाउने लक्ष्य लिइएको छ । बैङ्कमा सम्बन्धित देशको आर्थिक आकार अनुसारको सेयर हुने सम्झौता यस अघि नै भएको थियो ।

जसमध्य चीनको ३०.३४, भारतको ८.२५ र रसियाको ६.६६ प्रतिशत सेयर रहने निर्णय भइसकेको छ ।

चीनको राजधानी बेङजिङ्मा केन्द्रिय कार्यालय रहने गरी राष्ट्रपति सी जीनपिङ्ले सन् २०१३ को अक्टोबर महिनामा एआईआईबी सञ्चालनको प्रस्ताव ल्याएका हुन् ।

एआईआईबीलाई विश्व बैङ्क र एसियाली विकास बैङ्कको प्रतिस्पर्धिको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL