Logo

एनआईसी एशिया बैंककोे एकैसाथ दुई शाखा विस्तार, पुग्यो मंगलबजार र काठमाडौंको दरबारमार्ग

एनआईसी एशिया बैंककोे एकैसाथ दुई शाखा विस्तार, पुग्यो मंगलबजार र काठमाडौंको दरबारमार्ग



काठमाडौं । एनआईसी एशिया बैंकले एकै साथ दुई शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा एकैसाथ २ शाखा संचालनमा ल्याएको हो ।

laxmi

बैंकले संचालनमा ल्याएको ललितपुर महानगरपालिका १२ मंगलबजार शाखाको वडा अध्यक्ष नारायणलाल अवाले र दरबारमार्ग शाखाको बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेजराज तिमिल्सिनाले उद्घाटन गरेका हुन ।

बैंकले ३११ शाखा, ४०३ एटिएम, ९५ एक्स्टेन्सन काउण्टर एवं ४४ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL