Logo

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य, ग्राहकलाई १ सय रुपैयाँको रिचार्ज

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य, ग्राहकलाई १ सय रुपैयाँको रिचार्ज



काठमाडौं । प्राईम कमर्सियल बैंक र डिजिटल भुक्तानी सेवा सेलपेबीच सम्झौता भएको छ । बैंकका उप(महाप्रबन्धक भाईराजा तुलाधार र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

laxmi

सम्झौता अनुसार बैंककका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १ सय रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) तथा सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट समेत पाउने भएको छ ।

साथै ग्राहकले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंक वा त्यहाँबाट प्राईम कमर्सियल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । सेलपेमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिल लगायत बिल भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL