Logo

सनराइज बैंकको ३ अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्रि, ऋणपत्रको बाडफाँडपनि सम्पन्न

सनराइज बैंकको ३ अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्रि, ऋणपत्रको बाडफाँडपनि सम्पन्न



काठमाडौं । सनराइज बैंकले जारी गरेको सात वर्ष अवधि रहेको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ । २०७६-७-२० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा २०७६÷७÷२४ गते र ढिलोमा २०७६-८-१९ गते सम्म खुल्ला रहेको थियो । १०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र २०७६-७-२४ गते सम्ममा पूर्ण बिक्रि भएको बैंकले जनाएको छ ।

laxmi

सर्वसाधारण निष्कासनको तर्फबाट रु.४५३,८२९,००० बराबरको ४५३,८२९ कित्ता र परिपत्र विधिको सनराइज बैंकको ३ अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्रि, ऋणपत्रको बाडफाँडपनि सम्पन्न बाट रु.२,५४६,१७१,००० बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्रि भएको बैंकले जनाएको छ ।

ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि गर्न सफल भएको थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सन्राइज बैंकले पूरा गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यसहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL