Logo

ईफटी स्वीच संचालन गर्न एनआईसी एशिया बैंक र एसटुएमबीच सम्झौता, ई-कमर्श कारोबारमा छलाङ

ईफटी स्वीच संचालन गर्न एनआईसी एशिया बैंक र एसटुएमबीच सम्झौता, ई-कमर्श कारोबारमा छलाङ



काठमाडौं । एनआईसी एशिया बैंकले एसटुएम मोरक्कोको ईएफटी स्वीच संचालनमा ल्याउने भएको छ । बैंकले एसटुएम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता गरेका छन ।

laxmi

बैकले उक्त स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ईकमर्श कारोबार सहज रुपमा गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन ।

बैंकले ३१० शाखा, ४०२ एटिएम, ९४ एक्स्टेन्सन काउण्टर एवं ४४ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL