Logo

एनआईसी एशिया र द्वारिकाज ग्रुप अफ होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा छुट

एनआईसी एशिया र द्वारिकाज ग्रुप अफ होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा छुट



काठमाडौं । एनआईसी एशिया बैंक र द्वारिकाज होटल बत्तिसपुतलीबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच बैंकका ग्राहकलाई होटलको सेवामा १५ प्रतिशत छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशत सम्म र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज ग्रुपका इन्टरनेशनल मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL