Logo

महालक्ष्मी विकास बेैंकको सामाजिक उत्तरदायित्व, र्याफ्टिङ गाईडलाई सम्मान

महालक्ष्मी विकास बेैंकको सामाजिक उत्तरदायित्व, र्याफ्टिङ गाईडलाई सम्मान



काठमाडौं । महालक्ष्मी विकास बैंकले र्याफ्टिङ गाईड सोनाम तामाङलाई १५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । बैंकको खाडीचौर शाखाले बहीबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उनलाई सम्मान गरेको हो ।

बैंकको शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनांै यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ लाई उनको साहासीक कार्यको कदर गर्दै सम्मान गरेको हो ।

गत कार्तिक १७ गत मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने बैंकले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL