Logo

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा नवलपरासीमा, शाखारहित सेवा संख्या ४४ पुग्यो

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा नवलपरासीमा, शाखारहित सेवा संख्या ४४ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखारहित बैंकिङ सेवाको विनयी त्रिवेणी गाउँपालिका ६ का अध्यक्ष प्रितम गुरुङ र ७ का अध्यक्ष गोपाल बहादुर क्षेत्रीले उद्घाटन गरेका हुन । बैंकले बजार प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरेको छ ।

उक्त शाखारहित बैंकिङ सेवामार्फत ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन । साथै उक्त बैंकिङ सेवाबाट कारोबारका लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबार गर्न सहज हुने बैंकको विश्वास रहेको छ ।

उक्त सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्नेलगायतका काम गर्न सकिनेछ । बैंकले ३१० शाखा, ३९९ एटिएम, ९३ एक्स्टेन्सन काउण्टर एवं ४४ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL