Logo

गढिमाई मेलाको लागि ज्योति विकास बैंकको सहयोग, नेपाल ट्राफिक प्रहरीलाई दियो १५ थान ब्यारियर गेट

गढिमाई मेलाको लागि ज्योति विकास बैंकको सहयोग, नेपाल ट्राफिक प्रहरीलाई दियो १५ थान ब्यारियर गेट



काठमाडौं । ज्योति विकास बैंकद्वारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २ लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ। गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको छ।

प्रदेश नं २ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योग बहादुर पालको उपस्थिति रहेको थियो।

गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं २ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने कुरा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL