Logo

कृषि बैंकको आठौं साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांशको प्रस्ताव पारित

कृषि बैंकको आठौं साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांशको प्रस्ताव पारित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३० जेठ,काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत वोनस शेयर तथा ८ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । आर्थिक बर्ष २०७०र७१ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई लाभांश दिन लागेको हो ।

शनिवार काठमाडौंमा सम्पन्न बैंकको आठौंै वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७०\०७१ को वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।

त्यसैगरी नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको बैङ्कले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL