Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, प्रेमसागर फाउण्डेसनलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, प्रेमसागर फाउण्डेसनलाई आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रेमसागर फाउण्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले फाउण्डेसन नेपालले धादिङ्गको थाक्रे गाउँपालिका–५ दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो

laxmi

फाउण्डेसनले हरेक दिन करिब ५ सय जना विद्यार्थी तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउदै आएको छ । साथै १५ यस जना विद्यार्थीलाई विद्यायमा नै खाजा समेत पुर्याउँदै आएको छ । बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेमसागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई सो रकम हस्तान्तरण गरेका हुन ।

बैंकले १२० शाखा, २२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले मुक्तिनाथ रेमिटमार्फत चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कार्तिक ३० गतेसम्म मान्यहुने गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान समेत संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL