Logo

मर्जरमा जाँदै एनआईडिसी क्यापिटल, डीडीए गरिँदै

मर्जरमा जाँदै एनआईडिसी क्यापिटल, डीडीए गरिँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ जेठ, काठमाडौं । एनआईडीसी क्यापिटल मार्केट्स मर्जरमा जाने भएको छ । कम्पनीको यहि २२ गतेको साधारण सभाले ‘क’ वर्गको बैंकसँग मर्ज वा एक्विजिसनमा जाने निर्णय गरेको छ ।

कम्पनीको उक्त साधारण सभाले मर्ज वा एक्विजिसमा जानको लागि संस्थाको चल अचल सम्पति र दायित्व तथा कारोवार मुल्याङ्कन (डीडीए) का लागि मुल्याङकनकर्ता तोक्ने निर्णय समेत गरेको छ । सो साधारण सभाले मर्ज तथा एक्विजिस सम्बन्धी हस्ताक्षर गर्ने जिम्मा संचालक समितिलाई दिएको छ ।

त्यसैगरी, साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना संचालक चुनेको छ । जसमा इन्द्रबहादुर थापा र पुण्यराज पाण्डे निर्वाचत भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL