Logo

एनआईसी एशिया बैंक र किष्ट अस्पतालबीच सम्झौता, स्वस्थ्य उपचारमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र किष्ट अस्पतालबीच सम्झौता, स्वस्थ्य उपचारमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र किष्ट अस्पताल काठमाडौंबीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई किष्ट अस्पतालमा उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा १० प्रतिशत छुट प्रदान गर्न सो सम्झौता गरेको हो ।

बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र अस्पतालका नायव निर्देशक सुरज बज्राचार्यले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ८४ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर एवं २८ शाखारहित बैंकिङ सेवा ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL