Logo

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु, यस्ता छन सुविधा

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु, यस्ता छन सुविधा



काठमाडौं । राष्ट्रिय वाािणज्य बैंकले दरबारमार्गमा सेफ डिपोजिट लकर सेवाको सुरुवात गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका हुन ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पार्किङ र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलभ दरमा उक्त सेवा उपभोग गर्न सकिने जानकारी दिएका छन ।

हाल करिब ३ हजार वटा लकर सेवा शाखाले संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर १ हजार ५ सय देखि ३ हजार रुपैंया सम्म पर्ने बैंकले जानकारी दिएको छ ।

महालक्ष्मी बचत खाता हुने ग्राहकलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ । बैंकले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL