Logo

एनआईसी एशिया र भाटभटेनी बीच रेमिटेन्स सम्झौता, भाटभटेनीको सेवा बैंकमार्फत

एनआईसी एशिया र भाटभटेनी बीच रेमिटेन्स सम्झौता, भाटभटेनीको सेवा बैंकमार्फत



काठमाडौं । एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिटेन्स सम्बन्धी सम्झौता भएको छ । सोमबार एक कार्यक्रममा बैंक र भाटभटेनी बीच स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम बैंकका २ सय ८२ शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन ।

बैंकले हाल नेपालभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा दिँदै आएको छ

प्रतिक्रिया दिनुहोस्
MBL