Logo

एनआईसी एशिया र ह्याम्स अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया र ह्याम्स अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा १० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र ह्याम्स हस्पिटल, धुम्बाराही बीच एक सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्स हस्पिटलमा सहुलियतका लागि सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता अनुसार बैंकका सरोकारवालाहरुले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट पाउने भएका छन । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन ।

बैंकले हाल नेपालभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL