Logo

एनआईसी एशियाको छुट योजना, १ हजार सम्म क्यासब्याक

एनआईसी एशियाको छुट योजना, १ हजार सम्म क्यासब्याक



काठमाडौं । एनआईसी एशिया बैंकले क्यासब्याक तथा छुट योजना सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

बैंकले सार्वजनिक गरेको उक्त अफर अन्तरगत ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंक मार्फत झुक्तानी गर्दा १० प्रतिशत छुट तथा १ हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन । बैंकका अनुसार दराज, खल्ती, ईकमर्स लगायतका अनलाईन खरिदमा उक्त छुट पाउने भएको हो ।

त्यस्तै मोबाईल बैंकबाट रिचार्ज गर्दा १० प्रतिशत वा १ सय रुपैयाँ सम्म क्यासब्याक पाउने भएका छन भने यो योजना भोली (बिहीबार) एक दिनको लागि मात्र मान्य हुने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ८१ शाखा, २ सय ८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा २४ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL