Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकैदिन ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकैदिन ५ नयाँ शाखा विस्तार



काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ५ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहट जिल्लामा १ गरि ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ सेवा आईतबार संचालनमा ल्याएको हो ।

laxmi

काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद नारायण सिलवालले, नागार्जुन नगरपालिका वडा नं.३ ठुलो भ¥याङ्ग स्थित ठुलो भ¥याङ्ग शाखा कार्यालयको बंैकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलले तथा नागार्जुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीले उद्घाटन गरेका हुन ।

यस्तै काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिल स्थित चाबहिल शाखाको सोहि वडाका वडा अध्यक्ष शुद्ध कुमार डंगोलले र रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नं. ९, रौतहत स्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनले उद्घाटन गरेका हुन ।
बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन भने कंचन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गरेका हुन । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लाल बहादुर थापालाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL