काठमाडौं । देवः विकास बैंकले आफ्ना सेयरधनीलाई ५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ दशमलव ५ प्रतिशत बोनस सेयर प्रश्ताव गरेको हो ।
बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नेछ ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ५ दशमलव ५ प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६७ करोड ३० लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १ सय २९ रुपैयाँ रहेको छ ।