Logo

एनआईसी एशियाको सामाजिक उत्तरदायित्व, पशुपति विकास कोषलाई घुम्ती शौचालय

एनआईसी एशियाको सामाजिक उत्तरदायित्व, पशुपति विकास कोषलाई घुम्ती शौचालय



काठमाडौं । एनआईसी एशिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय प्रदान गरेको छ ।

laxmi

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार कोषलाई घुम्ती शौचालय प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको उपस्थीतीमा उक्त शौचालय हस्तान्तरण गरिएको हो ।

पशुपति क्षेत्रको सरसफाईमा ध्यान दिन तथा आगन्तुकलाई सहयोग पुगोस भन्नका निम्ति उक्त शौचालय हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल नेपालभर २ सय ८१ शाखा, २ सय ८९ एटिएप, ३९ ओटा एक्स्टेन्सन काउन्टर तथा २३ ओटा शाखा रहित बैंकिङ एकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL