Logo

गुराँस लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकले ईन्सुरेन्स पोलिसी बेच्ने

गुराँस लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकले ईन्सुरेन्स पोलिसी बेच्ने



काठमााडौं । कामना सेवा विकास बैंक र गुराँस लाईफ इन्स्योरेन्सबीच एक सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको हो ।

उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्ष्ँर गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL