Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको ७ वटै प्रादेशिक कार्यालय संचालनमा, कार्यसम्पादनमा सहयोग

नेपाल इन्भेष्टमेण्ट बैंकको ७ वटै प्रादेशिक कार्यालय संचालनमा, कार्यसम्पादनमा सहयोग



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

स्थानीयस्तरबाटै सहज तरिकाले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले प्रदेश नं. १ को विराटनगरमा, २ कोे वीरगञ्ज, ३ को नारायणचौर (नक्साल), ४ को पोखरा, ५ को भैरहवा, ६ को विरेन्द्रनगरमा र प्रदेश नं.७ को लागि भने धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।

प्रदेश नं. १ को प्रादेशिक कार्यालयले ९ शाखा, प्रदेश नं २, ४, ६ र ७ ले ६÷ शाखा, प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० शाखाको कार्यसम्पादनमा समन्वय गर्ने छ ।

बैंकले ७८ शाखा ८ एक्सटेन्सन काउन्टर, ९ राजश्व संकलन काउन्टर, ४७ शाखारहित बैंकिङ सेवा तथा १ सय ९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL