Logo

हिमालयन बैंकले ल्यायो मास्टर डेविड कार्ड, कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत छुट

हिमालयन बैंकले ल्यायो मास्टर डेविड कार्ड, कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत छुट



काठमाडौं । हिमालयन बैंकले अन्तरराष्ट्रिय कार्ड प्रदाय मास्टर कार्डको डेविड कार्ड संचालनमा ल्याएको छ । बैंकले मास्टर कार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेविड कार्ड संचालनमा ल्याएको हो ।

उक्त कार्ड हिमालयन बैंकमा प्रमुख कार्यकारी अघिकृत अशोक शम्शेर राणा र मास्टर कार्डको दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

उक्त कार्ड प्रयोग गरी सामान खरिद गर्दा वा होटल, पव लगायत अन्य स्थानमा विल भुक्तानी गर्दा २० प्रतिशत छुटको व्यवस्था गरेको छ । साथै बैंकले कार्ड सार्वजनिक गरेको अवसरमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निःशुल्क उक्त कार्ड उपलब्ध गराउने उद्घोष गरेको छ । उक्त कार्ड नेपालाभर कुनै पनि पस मेशिनमा प्रयोग गरी सामान खरिद गर्न सकिने छ ।

कार्यक्रममा बोल्दै बैंकक सिईओ राणाले आगामी दिनमा बैंकले थप नयाँ र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने बताएका छन् । साथै उक्त सेवाबाट ग्राहकहरु थप सुरक्षित हुने समेत उनको दाबी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL