Logo

एनआईसी एशियाको नयाँ योजना, कार्ड प्रयोगकर्तालाई नगद फिर्ता

एनआईसी एशियाको नयाँ योजना, कार्ड प्रयोगकर्तालाई नगद फिर्ता



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो कार्डमार्फत कारोबार गर्ने ग्राहकलाई नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ ।

बैंकले भिषाको सहकार्यमा नेपालभित्र पिओएस मेशिनमा भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तरगत मेशिनबाट कुनै सामान खरिद गर्दा विभिन्न किसिमका सामानमा नगद फिर्ता दिने योजना रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त योजनामा प्रथमपटक कारोवार गर्दा कारोवार रकमको २ प्रतिशत वा बढिमा १ सय रुपैयाँ नगद फिर्ता पाईने योजना रहेको छ ।

यस्तै प्रत्येक पाँचौ कारोबारसम्म कारोवार गर्दा २ प्रतिशतले बढ्दै ५ सय रुपैयाँसम्म क्यासब्याक पाईने सुविधा रहेको छ । साथै उक्त सुविधा महिनामा ५ ओटा कारोवारमा मात्रै लागु हुने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL