Logo

शाखा विस्तारमा एग्रेसिभ हुँदै एनआईसी एशिया, सिन्धुपाल्चोकमा एकै दिन दुई शाखा उदघाटन

शाखा विस्तारमा एग्रेसिभ हुँदै एनआईसी एशिया, सिन्धुपाल्चोकमा एकै दिन दुई शाखा उदघाटन



काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकामा एकै साथ दुई शाखा विस्तार गरेको छ ।

बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको खाडीचौर र पाँचखाल नगरपालिकाको समाज कल्याणचोक पाँचखालमा सोमबार शाखा विस्तार गरेको हो ।

बैंकले विस्तार गरेको खाडीचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले उदघाटन गरेका छन ।

बैंकले २ सय ६६ शाखा, २ सय ७६ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा १८ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १० करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ, तथा कर्जा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL