Logo

अजोड ईन्स्योरेन्स र एनआईसी एशियाबीच सम्झौता, बैंकबाट बीमा पोलिसी खरिद

अजोड ईन्स्योरेन्स र एनआईसी एशियाबीच सम्झौता, बैंकबाट बीमा पोलिसी खरिद



काठमाडौं । एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्स बीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २ सय ६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन ।

बैंकले हाल देशभर २ सय ६६ शाखा कार्यालयहरु, २ सय ७३ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL