Logo

राष्ट्रिय बाणिज्य बैंकको नाफा ५८ प्रतिशतले बढ्यो, सर्वाधिक नाफा गर्दै ३ महिनामा कमायो १ अर्ब ११ करोड

राष्ट्रिय बाणिज्य बैंकको नाफा ५८ प्रतिशतले बढ्यो, सर्वाधिक नाफा गर्दै ३ महिनामा कमायो १ अर्ब ११ करोड



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो ३ महिनामै विलिनायर क्लवमा उक्लिदै १ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ५७ दशमलव ७३ प्रतिशतले बढी हो ।

सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

गत बर्ष एनआइडिसी डेभलपमेन्ट बैंकलाई एक्विजिशन गरेको सो बैंकको चुक्ता पूँजी बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको जगेडा कोषमा र १२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकले एनआईडिसीलाई प्राप्ति गरेसँगै खराब कर्जाको अनुपात बढ्न पुगेको छ । गत आबको पहिलो ३ महिनामा कुल कर्जा प्रबाहको २ दशमलव ९२ प्रतिशत खराब कर्जा रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा बढेर ३ दशमलव ८३ प्रतिशत पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL