Logo

एनआईसी एशियाको ऋणपत्र बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट नियुक्त, ४ अर्बको सेयर बिक्री

एनआईसी एशियाको ऋणपत्र बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट नियुक्त, ४ अर्बको सेयर बिक्री



काठमाडौं । एनआईसी एशिया बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले निष्काशन गर्न लागेको ४० लाख कित्ता सेयर बिक्रीका लागि एसबिआई मर्चेन्टलाई नियुक्त गरेको हो । बैंकले ‘११ प्रतिशते एनआईसी एशिया ऋणपत्र २०८५÷८६’ निष्कासनको लागि एसबिआई मर्चेन्टलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतामा एनआईसी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध निर्देशक छपि राजपन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

बैंकले निष्काशन गर्न लागेको ४ अर्व रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (३ अर्ब २० करोड) रुपैयाँ व्यक्तिगत र २० प्रतिशत (८० करोड) रुपैयाँ सर्वसाधारणका लागि नेपाल धितोपत्रबोर्डको स्वीकृति पछि निष्कासन तथा बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL