Logo

एनआईसी एशियाको चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै अफर सार्वजनिक, अफर असोज १ देखी मङसिर २९ गते सम्म

एनआईसी एशियाको चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै अफर सार्वजनिक, अफर असोज १ देखी मङसिर २९ गते सम्म



काठमाडौं । ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै’ भन्ने नाराका साथ एनआईसी एशिया बैंकले चौथो कारोवार निःशुल्क पठाउने अफर ल्याएको छ ।

बैंकले नजिकिंदै गरेको चाडपर्वलाई मध्य नजर गर्दै ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने अफर ल्याएको हो ।

बैंकले एनआईसी रेमिट मार्फत रकम पठाउने आफ्ना ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गर्नेछ ।

रेमिट रकम ग्राहकहरुले बैंकका २ सय ४६ शाखा, १४ एक्सटेन्सन काउण्टर, १८ शाखा रहित बैंकिङ मार्फत प्राप्त गर्न सक्नेछन ।
यो सेवा असोज १ देखी मङसिर २९ गते सम्म ३ महिनाको लागि मान्य हुने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ४६ शाखा, २ सय ४० एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १८ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । बैंकको कर्जा भने १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL