काठमाडौं । एनआईसी एशिया बैंकले ३ शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले धादिडको धुनिबेशी नगरपालिका स्थित खानीखोला शाखा, धुनिबेशीकै धार्के स्थित धार्के शाखा र थाक्रे गाउँपालिकाको महादेवबेशीमा शाखा विस्तार गरेको हो ।
धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले एक कार्यक्रम बीच शाखाको उदघाटन गरेको छ ।
बैंकले २ सय ३७ शाखा, २ सय ३० एटिएम, १४ एक्सटेन्सन काउण्टर एवं १७ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।
बैंकको वासलातको आकार १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको कुल कर्जा भने करिब १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।