Logo

गभर्नर डा.नेपालले गरे पदबहाली, वित्तीय स्थायीत्व प्रमुख प्राथमिकता

गभर्नर डा.नेपालले गरे पदबहाली, वित्तीय स्थायीत्व प्रमुख प्राथमिकता


रामराजा श्रेष्ठ
0
Shares

बिजखरब संवाददाता

८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गर्भनर डा. चिरञ्जीवी नेपालले पदभार ग्रहण गरेका छन् ।

उनलाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

गर्भनर डा. नेपाललाई सर्वोच्च अदालतमा एक कार्यक्रमको आयोजना गरी कामु प्रधानन्यायाधीश श्रेष्ठले शपथ गराएका थिए । श्रेष्ठले सपथ गराएसँगै डा. नेपालले नेपाल राष्ट्र बैंकको सोह्रौं गभर्नरको रुपमा कार्यभार सम्हालेका छन् ।

नेपाललाई बिहिबारको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो । गभर्नरलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीशले शपथ गराउने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र सर्वोच्च अदालतका न्यायाधीशहरुको उपस्थिति थियो ।

पद बहालीपछि उनले समस्याग्ग्रस्थ क्रिष्टल फाइनान्सका निक्षेपकर्ताहरुलाई उनीहरुको रकम फिर्ता गर्दै जाने निर्र्णयलाई सदर गरेका छन् । साथै, मुलुकको वित्तीय स्थायित्वलाई आफूले पूर्ण प्रतिबद्धता र प्राथमिकताका साथ अघि बढाउने बताए ।

गभर्नर डा. नेपाललाई डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीका साथै नेपाल राष्ट्र बैंकका कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL