Logo

शाखा विस्तारमा एग्रेसिप हुँदै ग्लोबल आइएमई बैंक, एकैसाथ ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

शाखा विस्तारमा एग्रेसिप हुँदै ग्लोबल आइएमई बैंक, एकैसाथ ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा



कठमाडौं । ग्लोबल आइएमई बैंकले एक साथ थप ७ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले सोमबार बाग्लुङको ढोरपाटन नगरपालिका ८ बोबाङमा, मगंलबार गुल्मीको मुसीकोट नगरपालिका ९ पाडथोकमा र सोही दिन गुल्मीकै मुसीकोट नगरपालिका ३ ठुलापोखरामा, बुधबार अर्घाखाँचीको माला रानी गाउँपालिका २ डाँडाकटेरीमा र सोही दिन गुल्मीको धुरकोट गाउँपालिका ५ बास्तुमा, शाखा संचालमा ल्याएको छ ।

त्यस्तै बैंकले शुक्रबार नवलपरासीको रामग्राम नगरपालिका १७ पट्खौलीमा र सोही दिन गोरखाको गण्डकी गाउँपालिका १ मकैसिङगामा ९९ औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । सय सँगै बैंकको शाखा संख्या ९९ पुगेको छ ।

बैंकले बाग्लुङको बोबाङगमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको मकैसिङगमा राजन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

विस्तारित शाखा बाट ग्राहकले आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटिएल को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज लगायतका सेवा लिन सक्नेछन् ।

बैंकले १ सय २९ शाखा, १ सय ३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्