Logo

बैंकिङ कसुर सम्वन्धि तालीम सम्पन्न, वित्तीय अपराध निवारणमा तालीम उपयोगी

बैंकिङ कसुर सम्वन्धि तालीम सम्पन्न, वित्तीय अपराध निवारणमा तालीम उपयोगी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

३ चैत,काठमाडौं । नेशनल बैंकिङ इन्टिच्युट लिमिटेड(एनबीआई) ले आयोजना गरेको ‘बैंकिङ कसुर तथा बैंकिङ प्रक्रिया’ विषयक ६ दिने तालीम सम्पन्न भएको छ ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले देशमा वित्तीय अपराध बढ्दै गएको र सो को निवारणका लागि यस्तो तालीम आवश्यक रहेको बताए । साथै यस्ता कार्यक्रमलाई काठमाडौंमा मात्र सिमित नराखेर क्षेत्रगत रुपमा पनि सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा आयोजित तालीममा सहमहान्यायाधिवक्ता, केन्द्रिय अनुसन्धान व्युरो प्रमुख लगाय उपस्थित थिए । त्यस्तै काठमाडौं,ललतिपुर तथा भक्तपुर जिल्ला सहकारी वकिल कार्यालयका कर्मचारी, केन्द्रिय अनुसन्धान व्युरो, महानगरीय प्रहरी परिसरलगायतका ४० जना को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL