Logo

नेपाल बंगलादेश बैंकको नयाँ शाखा अर्घाखाँचीको छत्रगञ्जमा, शाखा संख्या ५५ पुग्यो

नेपाल बंगलादेश बैंकको नयाँ शाखा अर्घाखाँचीको छत्रगञ्जमा, शाखा संख्या ५५ पुग्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगञ्जबाट नया शाखाको औपचारिक शुभारम्भ गरेको हो ।

उक्त कार्यक्रम बैंकका नायव महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठको उपस्थितिमा र छत्रगञ्ज गाँउपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको सभापतित्वमा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालबाट उद्घाटन गरिएको थियो ।

छत्रगञ्ज शाखा सहित बैंकले ५५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४९ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्