Logo

ग्लोबल आईएमईको ५६ औं शाखारहित सेवा तेह्रथुममा, व्यवसायीक प्रतिनिधिमा श्रेष्ठ

ग्लोबल आईएमईको ५६ औं शाखारहित सेवा तेह्रथुममा, व्यवसायीक प्रतिनिधिमा श्रेष्ठ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रथुमको लालीगुरासँ नगरपालिका ७, लसुनेमा ५६ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ्गले संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि उक्त शाखारहित बैकिङ सेवाको उद्घाटन गरे ।

सो सेवाको लागि स्थानिय अर्जुन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

असोज मसान्तसम्म बैंकले १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ ।

बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५६ शाखा रहित बैंकिङ सेवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL