गुराँस लाइफ र कुमारीबीच बैंकान्सुरेन्स सम्झौता, बैंकका ग्राहकलाई इन्स्योरेन्स सुबिधा


बिजखबर संवाददाता
6 December, 2017 4:32 pm

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ ।

Bajaj
Nabil_bank

सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कुमारी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका थिए ।

आफ्ना ग्राहक वर्गलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सो सम्झौता गरिएको हो । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips