Logo

आइएमईका व्यवसायीक साझेदार रारा भ्रमणमा,आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्य

आइएमईका व्यवसायीक साझेदार रारा भ्रमणमा,आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमईले आफ्ना दश जना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।

मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तब्य निर्धारण गरि भ्रमण गराइएको कम्पनीले जानकारी दिएको छ ।

भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृतद्घय ईश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए ।
कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट सञ्चालनमा ल्याएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL