Logo

नेपाल बंगलादेश बैंकले खोल्यो एकै पटक ३ शाखा, शुक्रबारदेखि सेवा शुरु

नेपाल बंगलादेश बैंकले खोल्यो एकै पटक ३ शाखा, शुक्रबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले एकै पटक ३ नयाँ शाखा बिस्तार गरेको छ । यससँगै बैंकको शाखा संख्या ५० पुगेको छ ।

बैंकले नवलपरासीको देवचुली नगरपालिको वडा नं १३ दलदले, सुनसरीको ईटहरी उपमहानगरपालिका, वडा नं १ ईटहरी बजार र छथर गाँउपालिका वडा नं ६ सिन्धुवा बजारमा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका संचालकहरु र नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका थिए ।

यी ३ थप शाखाहरु सहित बैंकले ५० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ४७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्