काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाइसेन्सिङमा रोक लगाएको छ । यसअघि १० जिल्लामा लाइसेन्सिङ खुल्ला भएकोमा अब पूर्ण रुपमा रोक लगाएको हो ।
मंगलबार निर्देशन जारि गर्दै अब ती जिल्लामा पनि लाइसेन्स रोक्ने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय पहुँच नपुगेका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलामा लाइसेन्स खुला राखेको थियो ।
सबै स्थानीय तहमा बाणिज्य बैंक वा विकास बैंकका शाखा पुग्ने भएपछि राष्ट्र बैंकले लघुवित्तको लाइसेन्स रोकेको हो।