Logo

एनएमवी र आइएफसीबीच सहकार्य, ५०लाख अमेरिकी डलर लगानी गरिने

एनएमवी र आइएफसीबीच सहकार्य, ५०लाख अमेरिकी डलर लगानी गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

१३ माघ, काठमाडौं । एनएमबी वैंकलाई विश्व बैंक समूहअन्तर्गतको संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)ले ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । आइएफसीले ग्लोवल ट्रेड फाइनान्स प्रोग्रामअन्तर्गत अन्तराष्ट्रिय व्यापार बृद्धि तथा साना तथा मझौला व्यवसायीलाई वित्तीय टेवा पु¥याउन सो सहयोग गरेको हो ।

बैंक र आईएफसीविच सोमबार सो सम्वन्धमा सम्झौता भएको थियो । कार्यक्रमको माध्यमबाट बैंकले २ सय ५० भन्दा बढी अन्तराष्ट्रिय बैंकहरुसँग व्यापार सम्वन्ध स्थापित गर्न सक्ने बताइएको छ ।

आइएफसीको ग्लोवल फाइनान्स प्रोग्रामले । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले आइएफसीद्धारा उपलब्ध भएको वित्तिय सहयोगले साना व्यवसायलाई एलसी तथा ग्यारेन्टीजस्ता सुविधा उपलब्ध गराउन बैंकलाई सहयोग पुग्ने बताए ।

सो अवसरमा नेपालका लागि आइएफसीका आवासीय प्रतिनिधी भ्यालेन्टिनो एस बगतसिंहले एनएमबी बैंक तथा आईएफसीबीचको साझेदारीले साना तथा मझौला उद्यमीहरुको कार्यगत पुँजीको आवश्यकतालाई समाधान गर्नुका साथै आयात भुक्तानीमा सहयोग पुग्ने बताए । साथै नेपालको समस्त आर्थिक विकासलाई अगाडी बढाउन उर्जा प्रदान गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL