Logo

अब अनलाइनबाटै बुझाउनुस मासिक बिवरण, रास्ट्र बैंक जानुपर्ने बाध्यता हट्यो

अब अनलाइनबाटै बुझाउनुस मासिक बिवरण, रास्ट्र बैंक जानुपर्ने बाध्यता हट्यो


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोवारको अनलाइन रिपोर्टिङ गर्न मिल्ने व्यवस्था लागू गरेको छ । यस अघि विदेशी विनिमयको कारोवार गर्ने संस्थाले कागजी रुपमा विवरण बुझाउँदै आएकोमा अबका दिनमा अनलाईबाटै बुझाउन मिल्ने व्यवस्था लागू गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

अबका दिनमा राष्ट्र बैंकबाट रेमिट्यान्स भित्र्याउन इजाजत प्राप्त बैंक वित्तीय संस्था तथा रेमिट कम्पनी, होटल, मनी चेञ्जरजस्ता संस्थाले अनलाईनबाटै सो सम्बन्धी विवरण बुझाउन सक्ने छन् ।

राष्ट्र बैंकका अनुसार सो कार्यका लागि युजरनेम र पासवर्ड उपलब्ध गराइने छ । सोही माध्यमबाट विदेशी विनिमय कारोवारको रिपोर्ट बुझाउन सकिने राष्ट्र बैंकद्रारा जारी निर्देशनमा उल्लेख छ ।
साथै राष्ट्र बैंकले उक्त विवरण बुझाउने तरिकावारे प्रशिक्षण समेत दिने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL