Logo

‘फिङगो’ माइक्रो फाइनान्समा परिणत, २०७५ मंसिर भित्र गैर सरकारी संस्थाले छाड्नुपर्ने

‘फिङगो’ माइक्रो फाइनान्समा परिणत, २०७५ मंसिर भित्र गैर सरकारी संस्थाले छाड्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्स सम्बन्धी काम गर्ने गैर सरकारी संस्था ‘फिङ्गो’ लाई २०७४ चैत मसान्तसम्ममा माइक्रो फाइनान्समा परिणत हुन निर्देशन दिएको छ ।

माइक्रो फाइनान्सलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानका लागि सो निर्णय गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बताए । ‘राष्ट्र बैंक संचालक समितिको सोमबार वसेको बैंठकले सो निर्णय गरेको छ,’ चौथो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘अब गैर सरकारी संस्थाबाट संचालित फिङ्गोले २०७५ असोज मसान्तसम्ममा आफ्नो स्वामित्वमा रहेको सेयर हस्तान्तरण गरिसक्नुपर्ने छ ।’

नेपाल राष्ट्र बैंकका अनुसार हाल २५ वटा फिङ्गो संचालनमा छन् । उक्त निर्णयसँगै सबै फिङ्गोहरु माइक्रो फाइनान्समा परिणत हुनेछन् ।

उक्त संस्थाहरु माइक्रो फाइनान्समा परिणत भएसँगै ग्रामिण स्तरमा वित्तीय पहुँच पुर्याउन अझ सहज हुने उनको दावी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL