Logo

हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन, करिब १८ लाख लगानीकर्ताले दिए आवेदन

हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन, करिब १८ लाख लगानीकर्ताले दिए आवेदन



काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा ४.४३ गुणा बढी आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन्।

बैंकले असार ३२ गतेबाट प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ताका लागि एफपीओ जारी गरेको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधानअनुसार एफपीओ ल्याइएको हो।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ छ। यसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारण समूहको रहेको छ। एफपीओपछि सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुग्नेछ।

बैंकले सार्वजनिक निष्कासनमार्फत १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो। एफपीओ बाँडफाँडपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसामा पुग्नेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्